अभिनन्दन बजिमय, पोखरा।
विश्व वातावरण दिवसको अवसरमा पोखराको जनप्रिय मल्टिपल क्याम्पसका विद्यार्थीहरुले वृहत् सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल सस्टेनेवल टुरिजम क्लब जनप्रिय मल्टिपल क्याम्पसको आयोजनामा शुक्रबार रानिवनमा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको हो ।
सो क्रममा सहभागीले पैदल यात्रारुट दायाँबायाँ फालिएका फोहोर टिप्नुका साथै सरसफाइमा प्रोत्साहन एवं जनचेतना जगाउने काम गरेका थिए ।
कार्यक्रममा बि एम टि एम तथा एम बि ए कोअडिनेटर दिव्यालक्ष्मी चालिसे, सिलु चालिसे, नारायण त्रिपाठी लगायत शिक्षक एवं विद्यार्थीको सहभागिता रहेको थियो ।
कार्यक्रममा कोअडिनेटर दिव्यालक्ष्मी चालिसले समाजलाई स्वच्छ, सफा र हराभरा बनाउन दायित्व सबैमा हुनुपर्ने भन्दै व्यक्ति सचेत भएमा वातावरण स्वतः सफा हुनसक्ने धारणा राखे ।
कार्यक्रममा सहभागीले प्लास्टिक जन्य वस्तुको प्रयोग कम गर्न जनचेतना मुलक नारा समेत लगाएका थिए ।
शुक्रबार जुन ५ अर्थात् विश्व वतावरण दिवसको अवसरमा ‘समृद्ध भविष्यको आधार : जलवायु एवं प्रकृतिमैत्री विकास’ मूल नारासहित विश्वका विभिन्न मुलुकमा यो दिवस मनाइँदै छ। देशका विभिन्न स्थानमा पनि यो दिवस विविध कार्यक्रमका साथ मनाइँदै छ।
संयुक्त राष्ट्रसंघ वातावरण कार्यक्रमका अनुसार विश्वभर हरेक वर्ष ४० करोड टनभन्दा बढी प्लाष्टिक उत्पादन हुन्छ, जसमध्ये आधा एक पटक मात्र प्रयोग गर्न डिजाइन गरिएको हुन्छ । त्यसमध्ये १० प्रतिशतभन्दा कम पुनः प्रयोग गरिन्छ । अनुमानित १ करोड १० लाख टन वार्षिक रूपमा ताल, नदी र समुद्रमा मिसिन्छ । यो लगभग २,२०० आइफेल टावरहरूको तौल बराबर हो । यसैगरी डा। केदार कार्कीका अनुुसार हाम्रो देशमा वर्तमानमा प्लाष्टिक खपत वार्षिक १२ मिलियन टन प्रति वर्ष छ । जुुन सन् २०३० सम्ममा २० मिलियन टन प्रति वर्ष हुुने सम्भावना छ ।

