प्रल्हाद अधिकारी
माघ १
कास्कीको मादी गाउँपालिका ५ मा रहेको बिद्याज्योति आधारभुत बिद्यालयले आफ्नो स्वर्ण महोत्सव मनाएको छ । बिद्यालय स्थापनाको ५० बर्ष पुगेको अवसरमा गएको पुस २७ देखि २९ गते सम्म ३ दिन बिभिन्न कार्यक्रमको आयोजना गरि स्वर्ण महोत्सव मनाएको बिद्यालयका भुपू बिद्यार्थी तथा शिक्षक अभिभावक संघका संयोजक रुद्रनाथ अधिकारीले जानकारी दिनुभयो । कार्यक्रम अन्तरगर्त बिद्यालयले पहिलो दिन बिद्यालय परिसरमा स्थापना गरिएको शिलालेखको अनाबरण गरिएको थियो ।
शिलालेखको अनावरण मादी गाउँपालिकाका अध्यक्षय देविजङ गुरुङले गरेका गर्नुभए त्यस्तै सोहि दिन मादी गाउँपालिका भित्रका ८वटा आधारभुत बिद्यालय बिचमा हाजिर जबाफ प्रतियोगिता भएको थियो ।यस्तै स्वर्ण महोत्सवको दोस्रो दिनमा भू.पु बिद्यार्थी,शिक्षक,प्रध्यानध्यापक,पूर्व ब्यवस्थापन समिति,शिक्षक अभिभावक सघं,बिद्यालयका कर्मचारी बिच अन्तरक्रिया र अगामि दिनमा गरिने योजना र बिगतको बारेमा छलफल भएको थियो ।कार्यक्रको तेस्रो दिन समापन कार्यक्रम बिभिन्न बिधामा पुरेस्कार बितरण,बिभिन्न खेलहरु,आमा समुहबाट परम्परागत र संस्कृतिक कार्यक्रम प्रस्तुत भएका थिए । कार्यक्रममा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भिम बहादुर गुरुङ,पुर्व संस्थापक बिद्यार्थी तथा नेपाली काग्रेंस कास्कीका निवर्तमान अध्यक्ष कृष्ण केसी,मादी ५ का वडा अध्यक्ष तथा पुर्व बिद्यार्थी हुमनाथ अधिकारी,यस्तै मादी ४ का वडा अध्क्षय शिव सापकोटा,नेपाली काग्रेंस कास्कीका सचिव तथा पुर्व बिद्यार्थी भानु ढकाल,वडा सदश्य पार्वति रानामगर, वडा सचिव बुद्धिराज लामिछाने, बिद्यायका शिक्षक महेन्द्रराज देवकोटा, पुर्व बिद्यार्थी कुमबाहदुर गुरुङ लगाएतले बोल्नुभएको थियो । कार्यक्रममा बिद्यालय स्मारिका २०८१ लोकापर्ण गरिएको थियो ।यस्तै कार्यक्रममा बिद्यालयका प्रध्यानध्यापक महेन्द्र पौडेलले बिद्यालयको आयब्यय प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

