धम्की आएपछि कमेडियन सजन श्रेष्ठले दिए प्रहरीमा उजुरी

काठमाडौँ । आफूसहित परिवार असुरक्षित भएको भन्दै कमेडियन सजन श्रेष्ठले प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन् । उनले आइतबार यसबारे उजुरी दिएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् । उनले नेवारी लवजलाई होच्याएपछि स्थानीयहरु उनी सँग रुष्ट भएका थिए ।
रिदय ताम्राकार नामक फेसबुक ह्याण्डलबाट आफूलाई धम्की दिनुका साथै दिदीहरूलाई समेत बलात्कारसम्मको धम्की दिएको सजनले जनाएका छन् । सामाजिक सञ्जालबाट प्रहरीमा दिएको निवेदन सार्वजनिक गर्दै उनले दोषीलाई विद्युतीय कारोबार ऐनको दफा ४७ अन्तर्गत कारबाही गर्न माग समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *