गगन थापाद्वारा अन्नपूर्ण ४मा सहिद कृष्णबहादुर गुरुङको शालिक अनावरण

सल्यान, कास्की — अन्नपूर्ण गाउँपालिका–४ सल्यानमा द्वन्द्वकालमा शहीद भएका कृष्णबहादुर गुरुङको स्मृतिमा सालिक अनावरण गरिएको छ। नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्यमन्त्री गगन कुमार थापाको प्रमुख आतिथ्यमा आयोजित विशेष समारोहमा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता देखिएको थियो।

कार्यक्रममा अन्नपूर्ण–४ का वडा अध्यक्ष आइन्दल गुरुङ, गाउँपालिका अध्यक्ष बिण्णु केसी, छिमेकी पालिकाका अध्यक्षहरू, र कांग्रेस गण्डकी अध्यक्ष शुक्रराज शर्माको उपस्थिति थियो। शर्माले कृष्णबहादुर गुरुङको जीवनी प्रस्तुत गर्दै स्थानीय धार्मिक स्थल भुमेथान र निर्माणाधीन हनुमान धामको ऐतिहासिक र धार्मिक महत्वबारे प्रकाश पारे। शहीदका छोरा विजय गुरुङले भावुक मन्तव्य राख्दै युवाको भूमिका सुनिश्चित गर्न आग्रह गरे।

प्रमुख अतिथि गगन थापाले द्वन्द्वकालीन पीडितलाई न्याय दिने प्रतिबद्धता व्यक्त गर्दै युवाको नेतृत्वमा देश विकास गर्ने योजनाको चर्चा गरे। साथै, धार्मिक स्थलहरूको संरक्षण तथा प्रवर्द्धनमा सरकारको ध्यान केन्द्रित हुने बताएका थिए। कार्यक्रमको समापन अन्नपूर्ण–४ कांग्रेस सभापति मानबहादुर केसीले गरे । हजारौं स्थानीयको सहभागिताले स्मृति सालिक अनावरण समारोहलाई ऐतिहासिक बनाएको इन्जिनियर महेन्द्र पौडेलले बताए |

Leave a Reply

Your email address will not be published. Required fields are marked *