जनप्रियमा एम बि ए र एम बि एस प्रथम सेमेस्टरलाई स्वागत तथा ओरियन्टेसन कार्यक्रम सम्पन्न

असार ८, पोखरा
पोखराको जनप्रिय मल्पिटल क्याप्समा स्नातकोत्तर तह प्रथम सत्रका नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत कार्यक्रम सम्पन्न भएको छ ।
लेकसाइड स्थित लेकसाइड रिट्रिट रिर्सोटमा शुक्रबार सम्पन्न भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष विरेन्द्र विजुक्छेको प्रमुख आतिथ्यता र क्याम्पस प्रमुख कृष्णबाबु लम्सालको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रमको भएको थियो ।
कार्यक्रममा बोल्दै उनले आज भन्दा ३३ वर्ष पहिला स्थापना गरेको कलेजले यति विशाल रुप लिन्छ भनेर न सोचेको र शिक्षक तथा विद्यार्थीको मिहेनलते साचैनै जनतामा प्रिय जनप्रिय बनेको बताए । उनले स्नातकोत्तर तहमा पुग्नु सामान्य कुरा नभएको र अब विद्यार्थीले अझ बढी मिहेन्त गर्नु पर्ने कुरामा जोड दिए । उनले मास्टर्स लेभलका विद्याथीको सिंगो मुलुककै पुजी भएकोले अझ गम्भीर हुनुपर्ने बताए । उनले साथीहरुमाथि पनि नेतृव्त विकास गर्न र विश्वास जित्न समेत प्रेरित गर्नुका साथै सिर्जनात्मक एवं अनुसन्धानाम्मक हुन प्रेरित समेत गरे । उनले विद्यार्थीहरुलाई आफ्नो शिक्षाको भरपुर प्रयोग गर्न अनुरोध गर्दै स्वदेशमा नै श्रम र उद्यमशिलतामा लागानी गर्न र अनुरोध गरे ।


कार्यक्रममा बोल्दै एम बि ए का पुर्व कोडिनेटर नेत्रप्रसाद सुवेदीले विद्यार्थीहरूको उज्वल भविष्यको कामनाका साथ सिर्जनशील, गतिशील र अनुशासित बन्न आग्रह गर्नु गरे । उनले डिग्री मात्रको लागि नभई आफुले प्राप्त गरेको ज्ञानलाई व्यवहार उतार्नु महत्वपुर्ण भएको बताए । उनले मास्टर्स पढने विद्याथीमा अनुसन्धान र गहन ज्ञान प्राप्त गर्न आवश्यक रहेको बताए । उनले हस्पीटालीटी मेनेजमेन्टमा ठुलो संम्भावना रहेको र व्यवसायीकता, विज्ञता र अनुसन्धानको आवश्यकता रहेको बताए । उनले मानिसमा पोजेटिभ मनोवृत्ति, ज्ञान र शीप अत्यन्त जरुरी भएको बताए ।


जनप्रिय बहुमुखि क्याम्पसले आफ्नै पहलमा पाठ्यक्रम तयार गरी स्वायत्त कार्यक्रमअन्तर्गत एमविए इन हस्पिट्यालिटी म्यानेजमेन्ट र स्नातकतह पर्वतीय पर्यटन व्यवस्थापन (बिएमटिएम) को शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ ।

कार्यक्रममा बोल्दै कलेजका प्रमुख कृष्णबाबु बरालले स्नाकोत्तरका विद्यार्थीले अब आफ्नो अभिभावक प्रति अभिभावकिय कर्तवय पुरा गर्न अनुरोध गर्दै प्रत्यक विद्यार्थीले आफ्नो लक्ष्य तह गरी त्यसमै गतिशिल ढंगले लाग्नु पर्ने बताए । उनले पहिला लक्ष्य तोकेपछि आफ्नो क्षमता विकास गर्ने र आफ्नो क्षमतामा दृण विश्वास गर्नुपर्ने र लक्ष्य सम्म पुग्दा धेरै वाधा अर्चन, अप्ठ्यारो परिस्तीथीलाई समाधान गर्न क्षमतालाई समाधान लक्ष्यतर्फ अगाडी बढ्न सक्ने हुनु पर्ने सन्देश दिए । उनले विद्यार्थीलाई सकारात्मक हुनु पर्ने सन्देश दिनुका साथै क्याम्पसले विद्याथीलाई गर्नु सहयोग तथा विद्यार्थीको क्षमता विकास गर्न को लागि हरदम तयार रहेको वचन व्यक्त गरे ।


कार्यक्रममा विद्यार्थीको तर्फबाट बोल्दै अनु खड्काले जनप्रिय मल्टिपल क्याम्पस पोखरामा मात्रै नभइ देशमै उत्कृष्ट क्याम्पस भएको बताए ।
उनले देशभरिका एक हजार ९६ सामुदायिक क्याम्पसमध्ये २०७२ र २०७३ मा शिक्षा मन्त्रालयबाट उत्कृष्ट क्याम्पसको पुरस्कार प्राप्त , २०८१ मा गण्डकी प्रदेशको सर्वोकृष्ट सामुदायिक क्याम्पसका रूपमा पुरस्कृत र दुई पटक गुणमापन तथा प्रत्यायनको प्रमाणपत्र पाएर गुणस्तर सुनिश्चितताको कसीमा सर्वोकृष्ट ठहरिएको क्याम्पसमा अध्ययन गर्ने अवसर पाँउदा गौरवान्वित महसुस भएको बताइन । उनी २०७३ सालमा प्लस टु देखि सोही क्याम्पसमा अध्ययनरत छिन् ।

कार्यक्रममा एम वि ए एवं व्याचलर्स इन माउण्टेन टुरिजमका कोर्डिनेटर दिव्यालक्ष्मी चालिसेले स्नातकोत्तर कोर्षको बारेमा अभिमुखीकरण गरेकी थिइन ।


कार्यक्रममा वोल्दै विशेष वक्ता डा. श्रीकान्त खतिवडाले विद्यार्थीले पहिला आफुलाई विश्वस गर्नु पर्ने बताए ।
उनले पास हुनु मात्रै ठुलो कुरा नभई पाठ्याक्रमले दिएको जिम्मेवारी पुरा गर्न ठुलो कुरा भएको औल्याए । तेकिएको पठ्यक्रमको विषयवस्तुलाई राम्रो सँग मनन गर्ने र व्यवहारमा लैजाने विद्याथीको कर्तव्य रहेको बताए र विद्यार्थीलाई सहयोग गर्न आफु सधै तयार रहेको साथै कलेजले उपलब्ध गराएका स्रोतका भरपुर प्रयोग गर्न अनुरोध गरे । उनले विद्यार्थीको प्रत्योक गतिविधि कलेजको भविष्यसँग जोडिएकाले सबै पारिवारीक रुपमा बाधिएर लक्ष्य पुरा गर्नु पर्ने जोड दिए ।


कार्यक्रमका सञ्चालन दिपेन्द्र पहारीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *