पोखरा लेडि जेसिजको प्रत्यक्ष संवाद एवं ककस कार्यक्रम सम्पन्न

२०८२ फागुन ९ गते । पोखरा लेडि जेसिजको आयोजनामा कास्की क्षेत्र नम्बर ३ का प्रतिनिधि सभाका सदस्य प्रत्यक्ष तर्फका उम्मेदवारसँग प्रत्यक्ष संवाद एवं ककस कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्मको सहजीकरण पोखराका वरिष्ठ पत्रकार एवं एभरेस्ट एफएमका म्यानेजिङ डाइरेक्टर दिपेन्द्र श्रेष्ठ ले गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार श्री बिना गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार अर्जुन प्रसाद खनाल, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेलिनवादी )का उम्मेदवार आम जनता पार्टीका उम्मेदवार कुशल थापा क्षेत्री, नेपाली कम्युनिस्ट पार्टी का उम्मेदवार गोपाल गिरी, संयुक्त नागरिक पार्टीका उम्मेदवार टेकबहादुर सार्की, श्रम संस्कृति पार्टीका उम्मेदवार हितकाजी गुरुङ , उज्यालो नेपाल पार्टीका उम्मेदवार तर्कबहादुर गुरुङ लगायतका उम्मेदवारहरू प्रत्यक्ष रुपमा संवादमा उपस्थिति रहेको थियो ।
कार्यक्रम तीन चरणमा विभाजन गरेर सञ्चालन गरिएको थियो पहिलो चरणमा उम्मेदवारहरूले आफ्नो परिचय सहित आफ्ना घोषणापत्र प्रतिबद्धतापत्र करारपत्र लगायत आफूले अगाडि सार्ने एजेण्डाहरूको बारेमा पाँच मिनेट समयभित्र आफ्ना प्रस्तुतिहरू पालैपालो राखेका थिए ।
त्यसपछि दोस्रो चरणमा फ्लोर ओपन गरी क्षेत्र नम्बर ३ का मतदाताहरूसँग प्रत्यक्ष दोहोरो संवाद प्रश्न उत्तर र संवाद सञ्चालन भएको थियो र तेस्रो चरणमा उम्मेदवारहरूलाई एकएक गर्दै र्यापिड राउन्ड अर्थात् अब्जेक्टिभ प्रश्नहरू द्वारा प्रतिबद्ध गराइएको थियो। जसमा उम्मेद्वारहरुले हुन्छ या हुँदैन सक्छु या सक्दिन गर्छु या गर्दिन भन्ने उत्तर आउने खालका प्रश्नहरू मात्र सोधिएको थियो। कार्यक्रममा अत्यन्तै महत्वपूर्ण विषयमा जनतासँग प्रत्यक्ष संवाद भएको थियो सहकारी सम्बन्धी विषयमा जनताको आधारभूत आवश्यकता शिक्षा स्वास्थ्य संचार लगायतका विषयमा कस्ता खालका एजेन्डाहरू छन् वा प्रतिबद्धताहरू छन्। भनी उम्मेदवारहरूले प्रश्नको उत्तर दिए प्रश्न गर्न पाउनु जनताको नैसर्गिक अधिकार हो। भन्ने मूल मन्त्रका साथ देशमा शासन विधिले चल्नु र चलाउनुपर्छ भन्दै पोखरा लेडिज जेसिसले आउँदा दिनहरूमा पनि यस्ता कार्यक्रमहरू समाजको आवश्यकता अनुसार सञ्चालन गर्ने बताइएको छ । क्षेत्र नं ३ का ३०० जना जनसमुदायको उल्लेखनिय उपस्थिति रहको थियो भने कायक्मको संयोजकत्व र सञ्चालन रेजिना कटुवालले गरेकी थिइन ।

सो कार्यक्रम पोखरा ५ प्रस्याङ स्थित ताजमहल पार्टी प्यालेसको सभाहालमा सम्पन्न भएको थियो र सुनिता गौतमको अध्यक्षता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *