भातृत्व र भाइचारालाई अङगालेर दाजुभाइहरुलाइ जोड्दै आएको प्रसिद फेसबुक ग्रुप एम आर आर (Mens Room Reloaded-MRR)ले आज, २०८१ माघ ४ र भोली माघ ५ गते नि:शुल्क स्वास्थ्य , आँखा तथा दन्त शिविर आयोजना गरेको छ।
त्रिशहिद नमुना मा.वि. आँघिखोला गाउँपालिका वडा नं. १, पन्चमुल, स्याङ्जामा गरिएको शिविरमा नि:शुल्क दन्त परीक्षण तथा परामर्श साथै दाँत निकाल्ने, निशुल्क आँखा जाँच तथा परामर्श, रक्तचाप जाँच तथा नि:शुल्क औषधी वितरण हुने शिविरका संयोजक पवन पाठकले जानकारी दिए । सो कार्यक्रम सम्पन्न गर्नको निम्ती एम आर आरका विभिन्न सदस्यले आर्थिक तथा भौतिक सहयोग समेत रहेको छ ।

