इन्द्र–हुमा वाङ्मय सम्मान गीतकार खनियालाई

१९ माघ, पोखरा

जरोटुप्पो संरक्षण साहित्य समाज नेपालद्वारा सञ्चालित इन्द्र–हुमा वाङ्मय सम्मान गीतकार हरिहर खनियालाई अर्पण गरिने भएको छ ।
गण्डकी प्रज्ञा–प्रतिष्ठानका परिषद् सदस्य कृष्णप्रसाद पौडेलको संयोजकत्वमा गठित प्रतिभा छनौट समितिद्वारा सिफारिस प्रतिभा सूचीबाट खनियालाई सम्मान अर्पण गर्ने समाजले निर्णय गरेको हो । समितिमा वरिष्ठ लोकगायिका हरिदेवी कोइराला, साहित्यकार दुर्गाबहादुर शाह बाबा रहेका थिए ।

आफ्ना बाबाआमाको स्मृतिमा छोरी सीताकुमारी जिसी, नाति÷बुहारीद्वय सविन÷सुमित्रा र अश्विन÷कल्पना जिसीको परिवारबाट स्थापना भएको एक लाख ६१ हजार एक सय ११ राशिको अक्षयकोषबाट आर्जित व्याजबाट संस्थाले हरेक दुई वर्षमा नगदसहित उक्त सम्मान अर्पण गर्दै आएको छ ।
२०६६ सालमा दोष एल्बमबाट सुगम सांगीतिक फाटमा उदाएका खनियाका ‘मैले बाआमा त्यागेर रोजेको मायाले मलाई धोका दिई…’, ‘आज मेरो जन्मदिन हो…’, ‘म तड्पी–तड्पी मर्दा…’ ‘सबको पिरतीमा घरबार हुन्छ’लगायतका गीत चर्चामा छन् ।
लमजुङ जन्म थलो भई पोखरालाई कर्म भूमि बनाउँदै सुगम संगीतका क्षेत्रमा ख्याति कमाएर पनि झण्डै १२ वर्ष छापा तथा मुद्रण व्यवसायमा भुलेका खनियाले ‘म हराएको छैन कतै पनि’ आधुनिक गीत २०७८ सालमा सार्वजनिक गरेपछि क्रमशः गीत–संगीत क्षेत्रमा क्रियाशील छन् ।

गीतकार प्रतिष्ठान नेपालका निवर्तमान अध्यक्षसमेत रहेका खनियाका ‘आकाश र पातालको फरक छ’, ‘पीडा जिन्दगीको’ लगायत दर्जन गीत सदावहार चर्चामा रहने पृष्ठभूमि र परिवेश केन्द्रित छन् ।

नाट्यसम्राट बालकृष्ण समको जन्मजयन्ती माघ २४ गतेका दिन अर्पण गरिने उक्त सम्मानबाट यस अघि डा पुष्पा केसी भण्डारी सम्मानित भइसकेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *