अभिनन्दन बजिमय, पोखरा, चैत्र १
पोखराको नदिपुरमा रहेको ऐतिहासिक जिम, रत्न श्री जिम पुर्ण निमार्ण पछि फेरी खुल्ला भएको छ । करिव ४५ वर्ष पुरानो इतिहास बोकेको सो जिम पुर्ण निमार्ण पछि सम्भवत गण्डकी प्रदेशकै ठुलो व्यामशालाको रुपमा हेरिएको छ र जिममा अहिलेसम्मकै अत्याधुनिक व्यायाम सामाग्रीहरु रहेको पनि दाबी गरिएको छ ।
सो व्यामशालामा जिम बाहेक, साउना, टेनिस कोर्टको साथमा जुम्वा पनि सञ्चालन भई रहेको छ ।
सोही जिमका एक खेलाडी इ. स्वीस थाकालीले “पुनः निमार्ण पछि जी अन्तराष्ट्र्रिय स्तरको भएको “ बताएका छन् ।
सो जिमको नदिपुर बाहेक, अन्य शाखाहरु इन्द्रमार्ग, लेक साइडमा समेत रहेका छन् ।
यो जिमखानामा व्यायाम गर्नेहरुले प्रशिक्षणको प्रत्यक्ष निगरानीसँगै ‘टिप्स’ पनि पाउनेछन् । ‘पर्सनल ट्रेनिङ’को समेत सुविधा रहेको यो जिमखानामा व्यायाम गर्न आउनेहरुका लागि ‘डाइट प्लानिङ’ गरेरै जिम गर्ने व्यवस्था गरिएको छ। त्योसँगै व्यायाम गर्नेहरुका लागि आवश्यक ‘डाइट सप्लिमेन्ट’ पनि जिमखानामै उपलब्ध रहेको छ । जिमहल बाहेक कार्डियो, एरोबिक र फिजिकलका लागि समेत समेत व्यवस्था छ।
सो जिममा ट्रेनर सुजना थापा छन् । उनी पोखरामा प्रतिष्ठित मिस्टर गण्डकीका विजेता समेत हुन । उनीसँग जिमको लामो समयको अनुभव रहेको छ ।

