पोखरा, चैत १२ पर्यटनको राजधानी शहर पोखरामा आयोजना हुने लागेको पहिलो वाडा अटो शो (२०२५) मा सवारि किन्ने हरेक ब्यक्तिले ३ महिनाको लागि निःशुल्क पोखरा इन्टरनेट प्राप्त गर्ने भएका छन् । पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एशोशिएसन (वाडा)को आयोजनामा अटो शो यहि चैत १४ देखि १७ गते सम्म पोखराको अमरसिंह माविको खेल मैदानमा हुदै छ । उक्त शोमा आधिकारिक इन्टरनेट पार्टनरमा पोखरा इन्टरनेट रहेको छ ।
यसका साथै उक्त शो मा इन्टरनेटले निशुल्क इन्टरनेटको सेवा समेत उपलब्ध गराउने इन्टरनेटकि मार्केटिङ एसिस्टेन दिपा दुलालले जानकारी दिइन् । यो मेलाको पहिलो संस्करण भईरहेको छ, जसमा अटोमोबाइल उद्योगका प्रतिष्ठित ब्रान्डहरू, नवीनतम गाडी तथा प्रविधिहरूको प्रदर्शनी हुनेछ। मेलालाई थप प्रविधिमैत्री बनाउनका लागि, पोखरा इन्टरनेटले टिकट खरिद एप डाउनलोड, आगन्तुक तथा प्रदर्शकहरूका लागि उच्च गतिको इन्टरनेट, वाडा अफिस र उद्घाटन समारोहका लागि समर्पित इन्टरनेट निःशुल्क उपलब्ध गराउनेछ इन्टरनेटकि मार्केटिङ एसिस्टेन दुलालले भनिन् । हामीले पनि मेलामा आफ्नो स्टल राख्नेछौँ। यदि तपाईंलाई इन्टरनेट जडानको आवश्यक छ भने, हाम्रो स्टलमा आएर जानकारी लिन सक्नुहुनेछ उनले थपिन् ।
इन्टरनेटले समय समयमा बिभिन्न अफरहरु ग्राहक समक्ष प्रदान गर्दै आइरहेको छ । पोखरामा स्थापना भएको पोखरा इन्टरनेटले गण्डकी प्रदशेका सबै जिल्लामा आफ्नो सेवा बिस्तार गरेर इन्टरनेट प्रदान गर्दै आइरहेको छ ।

