पोखरा | जनप्रिय मल्टिपल क्याम्पसमा “नेपालको पर्यटन नीति र प्रचारात्मक गतिविधिहरू” विषयक शिर्षकमा “गेष्ट लेक्चर” सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्डका निर्देशक मणि राज लामिछाने वत्ता रहेको सो कार्यक्रममा गण्डकी प्रदेशको पर्यटन र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा विशेष ध्यान केन्द्रित गर्दै नेपालको पर्यटनको वर्तमान परिदृश्य विषयमा बोलेका थिए ।
विशेषत जनप्रियमा एम बि ए, हस्पिटालिटि मेनेजमेन्टका विद्यार्थीलाई लक्षित सो कार्यक्रममा ६० भन्दा बढी विद्यार्थीको सहभागीता रहेको थियो । जेएमसी हलमा सम्पन्न भएको सो कार्यक्रममा एम बि ए अध्ययनरत विद्यार्थीहरुले वत्ता सँग आफ्नो जिज्ञाशा समेत राखेका थिए । कार्यक्रम सम्पन्न भए पछि एम बि ए प्रोगाम कोडिनेटर दिव्या लक्ष्मी चालिसे अतिथि विक्ता मणि लामिछानेलाई मायाको चिनो प्रदान गरेका थिए ।

