पब्लिक क्याम्पस कर्मचारी संघ जनप्रिय बहुमुखी क्याम्पस एकाइको एघारौँ साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ। शनिबार जनप्रिय बहुमुखी क्याम्पस पोखरामा सम्पन्न भएको अधिवेशनबाट अध्यक्ष देवी पनेरुको अध्यक्षतामा ११ सदस्य कार्य समिति सर्वसम्मत रूपमा चयन भएको हो । यसै गरी अन्य कार्यसमिति सदस्यहरुमा उपाध्यक्षमा हरी प्रसाद सापकोटा, सचिवमा लक्ष्मी कुमारी कुवँर, कोषाध्यक्षमा विमला पौडेल, सहसचिवमा कल्पना पौडेल, तथा सदस्यहरुमा हरिवहादुर वि.क, राजन्द्र श्रेष्ठ, गीता काफ्ले सुनिता पालिखे र महेन्द्रबहादुर वस्नेत रहेका छन् ।
कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष युवराज गुरुङले गरेका थिए भने शुभकामना मन्तव्य सल्लाहकार सूर्यबहादुर क्षेत्री र संस्थापक अध्यक्ष नीमराज पौडेलले गरेका थिए ।
प्रमुख अतिथि जनप्रिय बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र नारायण बिजुक्छे विशेष अतिथि क्याम्पस प्रमुख कृष्ण बाबु बराल अतिथि हरु व्यवस्थापन समितिका कोषाध्यक्ष गणेशबहादुर अधिकारी पब्लिक क्याम्पस प्राध्यापक सङ्घका सभापति विकास कुमार थापा मगर सायक क्याम्पस प्रमुख नवीन राज अधिकारी रहेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि जनप्रिय बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्र बिजुक्छेले शैक्षिक संस्थालाई गतिशील र जीवन्त बनाउन प्राध्यापक तथा कर्मचारीको भूमिका अहम् हुने बताउदै क्याम्पसलाई उज्यालो दिशातिर लैजाने एकदमै जुजारु टिम निर्माण होस् भन्दै शुभकामना दिए ।

कार्यक्रम सञ्चालन सचिव लक्ष्मी कुमारी कुँवरले गरेकी थिइन ।
जनप्रिय बहुमुखि क्याम्पसले आफ्नै पहलमा पाठ्यक्रम तयार गरी स्वायत्त कार्यक्रमअन्तर्गत एमविए इन हस्पिट्यालिटी म्यानेजमेन्ट र स्नातकतह पर्वतीय पर्यटन व्यवस्थापन (बिएमटिएम) को शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ ।
क्याम्पसमा प्रातः र दिवा सत्रमा चार हजार पाँच सय भन्दा बढी विद्यार्थी अध्ययनरत छन् भने देशभरिका एक हजार ९६ सामुदायिक क्याम्पसमध्ये २०७२ र २०७३ मा शिक्षा मन्त्रालयबाट उत्कृष्ट क्याम्पसको पुरस्कार प्राप्त गरेको थियो ।
यस्तै २०८१ मा गण्डकी प्रदेशको सर्वोकृष्ट सामुदायिक क्याम्पसका रूपमा पुरस्कृत भएको क्याम्पस विश्वविद्यालय अनुदान आयोगको छनोटमा परेको थियो ।
दुई पटक गुणमापन तथा प्रत्यायनको प्रमाणपत्र पाएर गुणस्तर सुनिश्चितताको कसीमा सर्वोकृष्ट ठहरिएको क्याम्पसले जनाएको छ । क्याम्पसमा एक सय ५० प्राध्यापक र ३८ जना कर्मचारी कार्यरत छन् ।



