पोखराको ऐतिहासिक रत्नश्री जिमले व्यवस्थापक चक्र तामाङ “माइला दाई” लाई सम्मान गरेको छ । त्यसै गरी सम्मानित हुनेमा मिस्टर गण्डकी विजेता सुजन थापा, भारोत्तोलन खेलाडी सन्देश गुरुङ रहेका छन् ।
स्थापना कालदेखि निरन्तर रूपमा कार्यरत जिमका व्यवस्थापक चक्र तामाङ, “माइला दाई”लाई रत्नश्री जिमका सञ्चालक सुबोध उदासले सम्मान गरेका हुन। जिमको प्रगति र व्यवस्थापनमा उल्लेखनीय योगदान पुर्याउँदै आएका तामाङको इमान्दारिता, कर्तव्यनिष्ठा तथा समर्पणको कदर गर्दै सम्मान कार्यक्रम आयोजना गरिएको सुबोधले बताए ।
सम्मान कार्यक्रममा बोल्दै उनले व्यवस्थापकले आफ्नो जिम्मेवारी इमान्दारिता र अनुशासनका साथ निर्वाह गर्दै जिमलाई व्यवस्थित, सुरक्षित र सदस्यमैत्री बनाउन महत्वपूर्ण भूमिका खेलेको बताए। उनीको निरन्तर प्रयासका कारण जिमले आजको अवस्थामा आइपुग्न सफल भएको सुवोधको भनाई थियो।
सम्मानित व्यवस्थापकले आफूलाई प्रदान गरिएको सम्मानप्रति आभार व्यक्त गर्दै भविष्यमा पनि अझ जिम्मेवार र सेवामुखी भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। वार्षिक रुपमा जिमले आयोजना गर्दै आइरहेको पिकनिक गरिएको सम्मान कार्यक्रममा जिमका १५० जना भन्दा सदस्यहरू, लगायत कर्मचारी तथा हरूको उपस्थिति रहेको थियो।
यस किसिमको सम्मानले कर्मचारीहरूको मनोबल उच्च बनाउने र संस्थाप्रति थप जिम्मेवारीबोध गराउने विश्वास गरिएको छ।
सम्मानित अर्का खेलाडी, सन्देश गुरु वागमती वरियर प्रदेश स्तरीय भारतोलन मा प्रथम, तिलौराकोट कपिलवस्तु राष्ट्रिय स्तरमा प्रथम एवं लुम्बीनी क्लासिक राष्ट्रिय भारतोलन मा चौथो स्थान प्राप्त गर्न सफल भएका थिए ।
कार्यक्रमका सन्चालन अभिनय श्रेष्ठले गरेका थिए ।
करिव ४५ वर्ष पुरानो इतिहास बोकेको सो जिम पुर्ण निमार्ण पछि सम्भवत गण्डकी प्रदेशकै ठुलो व्यामशालाको रुपमा हेरिएको छ र जिममा अहिलेसम्मकै अत्याधुनिक व्यायाम सामाग्रीहरु रहेको पनि दाबी गरिएको छ ।
सो व्यामशालामा जिम बाहेक, साउना, टेनिस कोर्टको साथमा जुम्वा पनि सञ्चालन भई रहेको छ ।
सोही जिमका एक खेलाडी इ. स्वीस थाकालीले “पुनः निमार्ण पछि जी अन्तराष्ट्र्रिय स्तरको भएको “ बताएका छन् ।
सो जिमको नदिपुर बाहेक, अन्य शाखाहरु इन्द्रमार्ग, लेक साइडमा समेत रहेका छन् ।
यो जिमखानामा व्यायाम गर्नेहरुले प्रशिक्षणको प्रत्यक्ष निगरानीसँगै ‘टिप्स’ पनि पाउनेछन् । ‘पर्सनल ट्रेनिङ’को समेत सुविधा रहेको यो जिमखानामा व्यायाम गर्न आउनेहरुका लागि ‘डाइट प्लानिङ’ गरेरै जिम गर्ने व्यवस्था गरिएको छ। त्योसँगै व्यायाम गर्नेहरुका लागि आवश्यक ‘डाइट सप्लिमेन्ट’ पनि जिमखानामै उपलब्ध रहेको छ । जिमहल बाहेक कार्डियो, एरोबिक र फिजिकलका लागि समेत समेत व्यवस्था छ।
सो जिममा ट्रेनर सुजना थापा छन् । उनी पोखरामा प्रतिष्ठित मिस्टर गण्डकीका विजेता समेत हुन । उनीसँग जिमको लामो समयको अनुभव रहेको छ ।

