एकतावद्ध भएमा बहुमत प्राप्त पार्टी बनाउन सकिन्छः सभापति देउवा

पोखरा, २१ माघ । नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले एकतावद्ध भएमा पार्टीलाई बहुमत प्राप्त पार्टी बनाउन सकिने बताएका छन् । नेपाली काँग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आज पोखरामा आयोजित प्रदेश सभापति तथा प्रदेश प्रशिक्षण विभाग प्रमुखको लागि संगठन र समसामयिक सन्दर्भमा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै उहाँले विद्यमान समावेशी, समानुपाति राजनीतिले एउटा पार्टीको बहुमत आउन गा¥हो भएपनि एकतावद्ध प्रयास भएमा आगामी दिनमा बहुमत प्राप्त पार्टी बनाउन सकिने बताए । “अहिले समावेशी, समानुपातिक राजनीति हामीले सुरु गरेका छौं, यो राजनीतिले कुनै एउटा पार्टीको बहुमत आउन गा¥हो छ”, उनले भने, “तैपनि हामीले सबै भन्दा ठूलो पार्टी बनाउन सफल भएका छौं । त्यसका बाबजुद पनि सबै पार्टीका साथीहरूमा एकता भयो भने भोलिका दिनमा हामीहरू बहुमत प्राप्त गर्नसक्ने पार्टी पनि बन्न सक्दछौं ।” हाम्रो देशको संविधान, राजनीति पनि समावेशी, समानुपातिकमा आधारित रहेको बताउँदै सभापति देउवाले यसले विभिन्न जातजाति युक्त हाम्रो मुलुकका सबैलाई प्रतिनिधित्व गराएको बताए । विपी, गणेशमान, कृष्णप्रसाद, गिरिजाप्रसाद लगायत नेताहरूले सुम्पनुभएको जिम्मेवारीलाई पूरा गर्न एकता जरुरी रहेको उहाँले बताए । संघर्षमा जगमा प्राप्त लोकतन्त्र, संघीयता, समावेशीतालाई सुदृढ गर्न जरुरी रहेको उनले बताए । देशको विकासका लागि अधिकारको विकेन्द्रकरण हुनुपर्ने कुरालाई दृष्टिगत गरी संघीय राजनीतिमा अघि बढीएको बताउँदै उहाँले अब देशको सबै स्थानको विकास हुनुपर्ने आवश्यकता औंल्याउनुुभयो । प्राप्त अधिकारको सदुपयोग गर्दै विनम्रताका साथ अघि बढ्नु जरुरी भएको भन्दै उनले जनताको सेवा गर्ने व्यक्तिका रुपमा आँफू भित्रैबाट भावना आउनुपर्ने र जनताको सेवक भएर खट्न पार्टीका नेता कार्यकर्तालाई आग्रह गरे। हाम्रा परिवर्तन, विद्यमान व्यवस्थालाई जनताको पूर्ण रुपमा समर्थन र सहयोगका साथै आफ्नो भन्ने भावना सिर्जना हनुपर्नेमा उहाँले जोड दिए। पोखरामा सुरु भएकोयस प्रशिक्षण एवम् अभिमुखीकरण कार्यक्रमले पार्टीको आगामी कार्यदिशा तय गर्नुुका साथै विद्यमान समस्याहरूको समाधानका लागि उचित मार्ग निर्देश गर्ने उनले विश्वास व्यक्त गरे । नेपाली काँग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख एवम् पार्टीका उपसभापति पूर्णबहादुर खड्काले पार्टीकोे प्रशिक्षण कार्यक्रम केन्द्र, प्रदेश, जिल्ला एवम् निर्र्वाचन क्षेत्र मार्फत निकायमा सञ्चालन हुने जानकारी दिए । पार्टीको प्रशिक्षण पुस्तिका निर्माणको तयारी समेत गरिएको जानकारी दिदै उनले उक्त पुस्तिकाको ड्राफ्टलाई अन्तिम रुप दिनका लागि पार्टीका निकायहरूमा छलफलका लागि पठाइसकिएको बताउनुुभयो । माघ मसान्न्त भित्रमा सुझावहरू संकलन गरी त्यसलाई अन्तिम रुप दिइने बताए । प्रशिक्षणबाट नेता तथा कार्यकर्तामा निराशा नभै आशा जगाउने उहाँले विश्वास व्यक्त गरे। नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले पार्टीको ऐतिहासिक मूल्य मान्यता र विरासतलाई विर्सन नहुने बताए। पार्टीमा सबैलाई समेटेर लैजानुपर्ने बताउँदै उनले प्रत्येक निकायलाई बलियो बनाउने गरी अघि बढ्नु जरुरी भएको धारणा राखे। पोखरामा भएको यस कार्यक्रमले पार्टीमा नयाँ उत्साह भर्ने उनले विश्वासव्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *