पोखरामा जारी नेपाली कांग्रेसका ७ प्रदेशका सभापति, उपसभापति, जिल्ला सभापति र उपसभापतिहरुको अभिमूखीकरण कार्यक्रममा नेपाी काँग्रेसका उपसभापति शेखर कोइरालालाई नबोलाएपछि नेता गुरुराज घिमिरेले रोष प्रकट गरेका छन् ।
नेपाली कांग्रेसको सात प्रदेश सभापति,उपसभापति र जिल्ला सभापति र उपसभापतिका लागि पोखरामा आयोजित अभिमुखीकरण कार्यक्रम निकै राम्रो हुँदाहुदै पनि उदेकलाग्दो देखिएको भनी उनले समाजिक संजाल फेसबुकमा लेखेका छन् ।
यसले पार्टी परम्परा र संस्कारलाई बलपूर्वक भत्काउने कोशिस गरेको छ र यसअघि पनि कोशी प्रदेशमा यस्तै अभ्यास गरिएको उनको टिपणी रहेको छ ।
उनले यस्ता अभ्यासले पार्टीको बागडोर लिएका जिम्मेवार नेतृत्व गणको हामीले जे गरेपनि हुन्छ भन्ने अभिमानलाई झल्काउँने र आउने पुस्तालाई अराजक बन्न प्रेरित गर्ने बिचार व्यक्त गरेका छन् ।
पोखरामा शेखरलाई नबोलाएको भन्दै गुरुराज घिमिरेको रोष

