दलित समुदायको उन्मुक्तिका विषयमा पोखरामा कचहरी
पोखरा । नेपाली समाज अनि संस्कृतिको बारेमा गहन अध्ययन गरेका वेलायतका प्राध्यापक डेविड गेल्नरले शुक्रबार पोखरामा यसबारे चर्चा गरेका छन् । अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक गेल्नरले नेपाली दलित समुदायले आफ्नो उन्मुक्तिका लागि कसरी बुद्ध धर्मलाई अंगिकार गरेका छन् भन्ने कुरामा अध्ययन अनुसन्धान गरेका छन् ।पोखराको लेकसिटी कलेज एण्ड रिसर्च सेन्टरमा रहेको समाज विज्ञान केन्द्रले शुक्रबार यसै…

