धम्की आएपछि कमेडियन सजन श्रेष्ठले दिए प्रहरीमा उजुरी
काठमाडौँ । आफूसहित परिवार असुरक्षित भएको भन्दै कमेडियन सजन श्रेष्ठले प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन् । उनले आइतबार यसबारे उजुरी दिएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् । उनले नेवारी लवजलाई होच्याएपछि स्थानीयहरु उनी सँग रुष्ट भएका थिए ।रिदय ताम्राकार नामक फेसबुक ह्याण्डलबाट आफूलाई धम्की दिनुका साथै दिदीहरूलाई समेत बलात्कारसम्मको धम्की दिएको सजनले जनाएका छन्…

